एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 11:09:45 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले आर्थिक वर्ष २०७५/७६ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी साउन ३१  गते सभा आह्वान गरेको हो ।

कम्पनीले सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, बाह्य लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा सर्वसाधारण शेयरधनीबाट पतिनिधित्व गर्ने संचालको निर्वाचन गर्ने, स्वतन्त्र संचालक मनोनित गर्ने प्रस्ताव पेश हुने छ  ।

विशेष प्रस्ताव अन्तर्गत संस्थापक र सर्वसाधारण शेयरधनीको हालको स्वामित्व ७०:३० लाइ परिवर्तन गरि ६०:४० कायम गर्ने, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको रकम अनुमोदन गर्ने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायबाट थप सम्श्दोहनको लागि थप निर्देशन भएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved