थप एक हाइड्रो र दुई लघुवित्तले मागे धितोपत्र बोर्डसँग आइपीओ निष्काशनको अनुमती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 05:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन आइपीओ को अनुमति माग्दै तीन कम्पनीले नेपाल धितोपत्र बोर्डमा आबेदन दिएका छन्। आइपीओ निष्काशनको अनुमती माग्दै आबेदन दिनेमा एक हाइड्रो र दुई लघुवित्त रहेका छन्।  

आइपीओ को लागि आबेदन दिनेमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता निष्काशन गर्नका लागि साउन १ सेबाेनमा निवेदन पेश गरेकाे हाे। कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

त्यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि असार २४ सेबाेनमा निवेदन दिएको हो। कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थानको आइपीओलाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ। यसले याे कम्पनीमा लगानी मध्यम जोखिम रहेको जनाउछ।

त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ताका लागि असार २० मा सेबाेनमा निवेदन पेश गरेकाे हाे । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले जाल्पाको आइपीओ लाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनीमा लगानी  मध्यम जोखिम रहेको जनाउछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved