प्रभु क्यापिटलले ल्यायो 'समर डिम्याट स्किम', रिफर गर्दा मेरोशेयर र डिम्याट खाता निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 02:12:49 PM मा प्रकाशित

laxmi sunrise bank

प्रभु क्यापिटल Prabhu Capital  ले 'समर डिम्याट स्किम' संचालनमा ल्याएको छ ।  क्यापिटलले डिम्याट खाता खोल्नको लागि रिफर गर्दा  १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्न सक्ने अफर ल्याएको हो। 

क्यापिटलका अनुसार यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निशुल्क डिम्याट खाता र मेरो शेयरप्राप्त गर्न सक्ने छन् । प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्न सक्ने भएका हुन्।   

क्यापिटलका अनुसार यो योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ । प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभर रहेको शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ। यसका साथै प्रभु क्यापिटलको वेबसाइट मार्फत समेत डिम्याट खाताको आवेदन दिन सकिने छ। 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved