यस्तो छ मेरोशेयरमा पोर्टफोलियो अपडेट नहुनुको कारण, कहिलेसम्म हुन्छ अपडेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 05:40:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार मेरो शेयरमा शेयर बजारको कारोबार समय सकिंएको साढे २ घण्टा भईसक्दा समेत कम्पनीहरुको शेयर मूल्य अपडेट हुन सकेको छैन। यस अघि रियल टाइम मै मूल्य अपडेट हुने र रियल टाइम मै पोर्टफोलियो अपडेट हुने भएपनि आज भने उक्त अपडेट हुन सकेको छैन । 

मेरोशेयर संचालन गरिरहेको सिडीएसका अनुसार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा परिवर्तन हुँदा मेरोशेयरमा डाटा अपडेट नभएको हो ।   सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिडीएसले http://www.nepalstock.com.np/ बाट डाटा तानेर मेरोशेयरमा अपडेट गर्ने गरेको थियो । तर नेप्सेले  http://www.nepalstock.com.np/ वेबसाइटलाई आजबाट नेप्सेको नयाँ वेबसाइट https://newweb.nepalstock.com/ मा डाइभर्ट गरेको छ । अब  http://www.nepalstock.com.np/ खोल्दा नेप्सेको नयाँ वेबसाइट खुल्छ 

नयाँ वेबसाइटमा कतिपय विवरणहरु अपडेट भएका छैनन् । सोहि कारण नेप्सेले उक्त वेबसाइटमा साईट पूर्ण रुपमा सञ्चालनमा नआउन्जेलसम्मका लागि पुराना समाचार तथा विवरणहरु प्राप्त गर्न http://www.nepalstock.com/ हेर्न भनेको छ नेप्सेको वेबसाईटलाई नियमित रुपमा अद्यावधिक गराउँदै लैजाने क्रममा यो नयाँ वेबसाईट सफ्ट लन्च गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेले डट एनपी वेबसाइटलाई नयाँ वेबसाइटमा डाइभर्ट गरेको र त्यसमा सबै विवरण अध्यावधिक नहुन सक्ने भएकोले अब सिडीएसले http://www.nepalstock.com/ बाटडाटा तान्नु पर्ने छ । त्यसको लागि थप केहि कार्य गर्नु पर्ने र कारोबार समयमा गर्दा प्राविधिक समस्या देखिन सक्ने भएकोले कारोबार समयमा मिलान कार्य नगरिएको सिडीएसले जनाएको छ ।  आज ढिलोमा बेलुका ७ बजेसम्ममा सो कार्य सकिने र लगानीकर्ताले अपडेट भएको पोर्टफोलियो हेर्न पाउने सिडीएसले जनाएको छ ।  भोलिदेखि भने पहिलाको झैँ रियल टाइममै पोर्टफोलियो अपडेट हुने छ । 

आज आइतबार शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । आज सूचक ५४.३१ अंकले बढेर ३०५८.६४ को विन्दुमा पुगेको छ, जुन हालसम्म कै उच्च अंक हो 

आज कारोबारमा आएका २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर खरिद बिक्रिबाट १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये नेपाल बैंकको सबै भन्दा धेरै ४९ करोड ७६ लाख , ग्लोबल आईएमई बैंकको ४९ करोड ४३ लाख , र एनसीसी बैंकको ३४ करोड ७८ लाख बराबरको कारोबार भएको छ 

आज विशाल बजार कम्पनी, ङ्गादी पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी हाइड्रो, पन्चकन्या माई हाइड्रो, कालिका पावर, जोशी हाइड्रो, युनिभार्सल पावर, र हिमालयन उर्जा विकास कम्पनीको शेअर मूल्य १० प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल तथा टुरिजम र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज बैंकिंग समुह सबै भन्दा धेरै ३.४३ प्रतिशत र हाइड्रोपावर समुह २.३९ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये १३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved