अर्थमन्त्रीलाई ब्रोकरको १७ सुझाव: ब्रोकर नथपी पहुँच विस्तार तथा विश्लेषकलाई प्रमाणीकरणको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 06:57:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यस क्रममा एसोसिएसनले मन्त्री शर्माको कार्यकालमा नेपालको आर्थिक क्षेत्रले हरेक पाटो बाट उन्नती प्रगतिको छलाङ्ग मार्ने विश्वास व्यक्त गरेको छ ।

त्यस्तै एसोसिएसनले धितोपत्रको दोस्रो बजार बिकासका लागी विभिन्न १७ सुझाव पनि पेश गरेको छ । संघले ब्रोकर संख्या थप गर्नु भन्दा पनि अन्तराष्ट्रिय प्रचलनमा रहे अनुसार संरचना व्यवस्थामा सुधार गरि  पहुँच विस्तार गर्नु पर्नेमा जोड दिएको छ । त्यस्तै संघले फ्लोर सिटमा रहेको ब्रोकर आइडी हटाउनु पर्ने, धितोपत्र दलाल ब्यवसायिहरुको कार्यक्षेत्र बिस्तार गरि लगानि ब्यवस्थापन,लगानि परामर्श सेवा, स्टक डिलर, धितोपत्रको कारोबार सम्बन्धमा आवश्यक तालिम दिन सक्ने व्यवस्था गरिनु पर्ने, हाल ब्यवस्था भएको मार्जिन ट्रेडिङलाई कार्यान्वयन योग्य बनाउनु पर्ने सुझाव दिएको छ।

संघले प्रत्यक्ष भौतिक उपस्थिति बिनानै बिद्धुतिय माध्यमबाटै नयाँ लगानिकर्ताहरुको पहिचान स्थपित गरि डिम्याट र कारोबार खाता खोल्न, मेरोशेयर र अनलाइन कारोबारको सम्झौतागरि उक्त सेवाहरु उपलब्ध गराउनसक्ने कानूनी व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ । त्यस्तै संघले दोस्रो बजारमा हुने कारोबारको सम्पन्नता सुनिस्चित गर्न लगानिकर्ताहरुले धितोपत्र दलाल ब्यवसायिहरुलाई पावर अफ अटोर्नि दिन सक्ने कानूनि व्यवस्था गर्ने तथा अक्सन मार्केटको यथासिघ्र शुरुवात गर्न माग गरेको छ।

खरिद गरेको रकम तथा बिक्री गरेको धितोपत्र जानाजान हस्तान्तरण नगर्ने लगानिकर्ताहरुलाई कानूनि कारबाहि हुने व्यवस्था मिलाउन पनि संघले आग्रह गरेको छ। त्यस्तै संघले सबैभन्दा पारदर्शी र बिस्वासिलो रहेको धितोपत्र दलाल ब्यवसायलाई अझ पारदर्शी बनाउन तथा आम लगानिकर्ताको सहभागिता मार्फत संस्थागत रुपमा यस प्रति सर्बसाधारणको बिस्वस्नियता अझ सुदृढ गर्न निस्चित रिपोर्टिङका प्रावधान राखि ब्रोकर प्रोप्राइटरि ट्रेड खुलाउने तथा दलाल ब्यवसायि कम्पनिहरुले सर्बसाधारणमा शेयर जारि गर्न पाउने सुनिश्चित गरेर मात्र व्यवसायीलाई पब्लिक लि. कम्पनीमा रुपान्तरण गर्ने  कानूनि ब्यवस्था गर्न सुझाव दिएको छ। 

यस्ता छन् संघले दिएको सुझावहरु : 

१. धितोपत्रको दोस्रो बजारमा सर्बसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई भौगोलिक रुपमा अझ बिस्तार गर्न अन्तराष्ट्रिय  अभ्यासमा रहेको तर नेपालमा कानूनमा ब्यवस्था भएर पनि कार्यान्वयनमा नल्याईएको आधिकारीक प्रतिनिधी वा सव–ब्रोकरको अवधारणा लागु गर्ने ।यसबाट सहज रुममा दुरदराजका सर्वसाधरण जनताले सहजै धितोपत्र बजारमा पहुँच प्राप्त गर्ने र हजारौको संख्यामा नयाँ ब्यवसाय वा रोजगारीको अवसर श्रृजना हुनेछ । धितोपत्र दलाल व्यवसायको संख्या वृद्धि भन्दा अन्तराष्ट्रिय प्रचलनमा रहेका यस्ता संरचना वा व्यवस्था ले हामिले परिकल्पना गरेको पहुँच विस्तारको उदेश्य अझ प्रभावकारी रुपमा प्राप्त गर्न सकिने कुरा सुनिश्चित हुन्छ । 

२. लगानिकर्ताहरुलाई आवश्य्क पर्ने वभिन्न किसिमका सेवाहरु एकद्वार प्रणलीबाट प्रवाह गरि ब्रोकर सेवा अन्तर्राष्ट्रिय स्तरको बनाउन, धितोपत्रको दोस्रो बजारमा लगानिकर्ताहरुको प्रवेश सहज गराउन तथा बजार प्रति लगानिकर्ताहरुको बिश्वसनियता अझ अभिबृद्दि गर्न धितोपत्र दलाल ब्यवसायिहरुको कार्यक्षेत्र बिस्तार गरि लगानि ब्यवस्थापन,लगानि परामर्श सेवा, स्टक डिलर, धितोपत्रको कारोबार सम्बन्धमा आवश्यक तालिम दिन सक्ने व्यवस्था गरिनु पर्ने । र हाल ब्यवस्था भएको मार्जिन ट्रेडिङलाई कार्यान्वयन योग्य बनाउने ।

३. प्रत्यक्ष भौतिक उपस्थिति बिनानै बिद्धुतिय माध्यमबाटै नयाँ लगानिकर्ताहरुको पहिचान स्थपित गरि डिम्याट र कारोबार खाता खोल्न, मेरोशेयर र अनलाइन कारोबारको सम्झौतागरि उक्त सेवाहरु उपलब्ध गराउनसक्ने कानूनी व्यवस्था गर्ने ।

४. दोस्रो बजारलाई अझ गतिशील तथा चलायमान बनाउन बिदेशी संस्थागत लगानिकर्ताहरुलाइ दोस्रो बजार कारोबारमा सहभागी गराउने; इन्ट्राडेट्रेडिङ, सेक्युरिटीज लेन्डिङ एन्ड बरोइङ (SLB), सर्ट सेलिङको सुरुवात गर्ने; इक्विटिमा आधारीत फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ्सको कारोबार गराउने; राइट्सको कारोबार गराउने ।

५. ऋणपत्रको दोस्रो बजार कारोबारलाई अझै गति प्रदान गर्न दैनिक रुपमा आवश्यक पर्ने ऋणपत्रसग सम्बन्धित सूचनाहरु सार्वजनिक रुपमा प्रेसित गर्ने ब्यवस्था मिलाउने । ऋणपत्र जारि गरेका सूचिकृत संस्थाहरुले प्रकाशन गर्ने त्रैमासिक बित्तीय विवरणमा ऋणपत्रसग सम्बन्धित सूचना तथा तथ्यांकहरु बिस्तृत रुपमा समावेश गर्नुपर्ने ब्यवस्था गर्ने ।

६. दोस्रो बजारमा हुने कारोबारको सम्पन्नता सुनिस्चित गर्न लगानिकर्ताहरुले धितोपत्र दलाल ब्यवसायिहरुलाई पावर अफ अटोर्नि दिन सक्ने कानूनि व्यवस्था गर्ने तथा अक्सन मार्केटको यथासिघ्र शुरुवात गर्ने ।

७. लगानि सम्बन्धी निर्णय गर्न आवश्यक पर्ने तथा धितोपत्रको मुल्यमा प्रभाव पार्न सक्ने सम्भाब्य सम्पूर्ण सूचना तथा तथ्यांकहरु समावेश हुनेगरि त्रैमासिक बित्तीय विवरणको ढाचालाई अझ बिस्तृत बनाउने तथा यस्ता विवरणहरु तोकिएको समय भित्रै सार्वजनिक हुने सुनिस्चितता गर्ने ।

८. बजारमा भैरहेका अवाञ्छित गतिबिधिहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्न नेपाल धितोपत्र बोर्ड वा नेप्सेबाट प्रमाण पत्र प्राप्त बिस्लेसकहरुले मात्र सार्वजनिक रुपमा धितोपत्र तथा समग्र बजारको मुल्य प्रक्षेपण प्रेसित गर्न पाउने ब्यवस्था गर्ने, धितोपत्र सम्बन्धि कसुरहरुको ब्याख्या तथा त्यस्ता कसुरहरु गर्दा हुने दन्ड सजायलाई अझ बिस्तृत बनाइ कसुर गर्ने जोकोहिलाइ कानूनि दायराभित्र ल्याउन र कार्वाही गर्न सक्ने गरि छुट्टै नियमावली तर्जुमा गर्ने ।

९. खरिद गरेको रकम तथा बिक्री गरेको धितोपत्र जानाजान हस्तान्तरण नगर्ने लगानिकर्ताहरुलाई कानूनि कारबाहि हुने व्यवस्था मिलाउने । यस्ता क्रियाकलापहरुलाई धितोपत्र सम्बन्धि कसुर गरेको मानिने र छुट्टै नियमावली तर्जुमा गरि कानूनि कारबाही हुने व्यवस्था गर्ने ।

१०. भित्री कारोबार, सर्कुलर कारोबार, पम्प एन्ड डम्प जस्ता अवाञ्छित गतिविधिहरुको निगरानी गर्न सुचिकृत संस्थाका शेयरधनि, संचालक, कर्मचारी, तिनका एकाघर परिवार सदस्य, नातागोता, सबैको बैंक विवरण लगायत अन्य विवरणको डेटाबेस स्थापना गर्ने तथा यस्ता गतिविधिको शंका तथा प्रमाणित गर्न सक्ने सूचना प्रविधिमा आधारीत ससक्त अनुगमन प्रणालिको स्थापना गर्ने ।

११. सुचिकृत संस्था तथा धितोपत्र दलाल ब्यवसायिहरुबाट कुनै नियम वा प्रक्रियाको परिपालना नभएको अवस्थामा सुचिकृत संस्थाको कारोबार वा ब्यासायिको कारोबारलाई निलम्बन गर्दा लगानिकर्ताहरु बिना कारण मारमा पर्ने हुँदा बैकल्पिक कारबाहीको व्यवस्था गर्ने ।

१२. रियल स्टेट क्षेत्रलाई बजार प्रवेश गराउन रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट नियमावली तथा लगानि बिश्लेसकहरुलाइ जवाप देहि बनाउन लगानि बिश्लेसक नियमावली तर्जुमा गरि लागु गर्ने ।

१३. ओपन आउट क्राइ प्रणाली मार्फत कारोबार हुँदा लगानिकर्ताले पेश गरेको आदेश कार्यान्वयन भयो वा भएन भन्ने जानकारि दिने उद्देश्यले हरेक कारोबारमा सम्लग्न खरिद तथा बिक्री गर्ने कारोबार सदस्यको सदस्यता नम्बर खुल्ने गरि दैनिक कारोबार फ्लोर सिटको ब्यवस्था गरि दैनिक रुपमा सार्वजनिक गर्ने ब्यवस्था गरिएको हो । सो प्रणालीमा लगानिकर्ताको नामबाट नभई सदस्य ब्यवसायिको नामबाट आदेशहरु प्रबिस्टि हुनेहुदा यस्तो सुचना प्रवाह गर्नु अतिनै जरुरि थियो । तर हाल प्रचलनमा रहेको अनलाइन कारोबार प्रणालीमा लगानिकर्ताको नामबाट मात्र प्रणालीमा आदेश प्रबिस्टि गर्न मिल्ने हुदा कारोबारमा सम्लग्न सदस्य नम्बर उल्लेख गर्न जरुरि देखिदैन । यसरि कुनै ठोस उद्देश पुरा नगर्ने ब्यवस्था प्रचलनमा रहिरहदा यसको दुरुपयोग बढ्दै गएको देखिन्छ । बजारमा मुल्यमा चलखेल गर्ने, अरुको लगानि निर्णयलाई आफ्नो पक्षमा पार्ने उद्देश्यले अरुलाइ प्रभावित पार्ने जस्ता अवाञ्छित गतिविधि गर्न यसको दुरुपयोग बढ्दै गएको हुँदा फ्लोरसिटमा कारोबार सदस्य नम्बर हटाउने ।

१४. लगानिकर्ताहरुलाई तालिम दिन, लगानि सचेतना कार्यक्रम सन्चालन गर्न, बजार समबद्द निकायका कर्मचारिहरुलाइ आवश्यक तालिम दिन तथा प्रमाणीकरण गर्न, लगानि बिश्लेसकहरुलाई प्रमाणीकरण गर्न, नयाँ औजार तथा कारोबार पद्धतिहरुको बारेमा र पूँजिबजार तथा अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्न एक छुट्टै निकायको स्थापना गर्ने ।

१५. कम्पनि रजिस्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानिकर्ता संरक्षण कोषलाई धितोपत्र बोर्ड तथा नेप्सेको मातहतमा ल्याइ कोषको मर्म बमोजिम प्रभावकारि रुपमा संचालन गर्ने ।

१६. सबैभन्दा पारदर्शी र बिस्वासिलो रहेको धितोपत्र दलाल ब्यवसायलाई अझ पारदर्शी बनाउन तथा आम लगानिकर्ताको सहभागिता मार्फत संस्थागत रुपमा यस प्रति सर्बसाधारणको बिस्वस्नियता अझ सुदृढ गर्न निस्चित रिपोर्टिङका प्रावधान राखि ब्रोकर प्रोप्राइटरि ट्रेड खुलाउने तथा दलाल ब्यवसायि कम्पनिहरुले सर्बसाधारणमा शेयर जारि गर्न पाउने सुनिश्चित गरेर मात्र व्यवसायीलाई पब्लिक लि. कम्पनीमा रुपान्तरण गर्ने  कानूनि ब्यवस्था गर्ने । 

१७  धितोपत्रको निक्षेप र दोस्रो  बजार कारोबार तथा राफसाफका लागी प्रयोगमा रहका केद्रिय निक्षेप प्रणाली, नेप्सेको कारोबार प्रणाली, व्यसायीले प्रयोग गर्ने आदेश तथा जोखिम व्यवस्थापन प्रणाली, राफसाफ प्रणाली तथा व्यवसायीहरुले प्रयोग गर्ने व्याक अफिस प्रणाली सबैलाई API का माध्यमबाट अन्तरआबद्धता हुने व्यवस्था  गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved