

नेपाल एग्रो लघुवित्त Nepal Agro Laghubitta Bittiya Sanstha को बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिंङले साउन ८ गते शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिएको जनाएको हो ।
कम्पनीको असार २१ गते सम्पन्न साधारणसभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर खातामा आएको हो। कम्पनीको १४ प्रतिशतले हुन आउने ८० हजार १ सय ४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको थियो ।
नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गाभ्ने तयारी गरेको छ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम गर्ने गरि २ संस्था मर्ज हुन लागेका हुन् ।