आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 10:44:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । आज आइएमई जनरल इन्स्योरेन्स IME General Insurance  को ७ प्रतिशतले हुन आउने ७ लाख ५७ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट यो लाभांश वितरण गरेको हो । 

कम्पनीले बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पनि गरेको छ । बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved