सूचक घटेपनि १४ अर्ब बढीको कारोबार, हाइड्रो र फाइनान्समा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 03:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ  आज सूचक ८.२४ अंकले घटेर ३०५०.४२ को विन्दुमा पुगेको छ

आज कारोबारमा आएका २२३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर खरिद बिक्रिबाट १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ १६ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये सबै भन्दा ङ्गादी ग्रुप पावरको सबै भन्दा बढी ३९ करोड ३० लाख , हिमालयन डिस्टीलरिको ३३ करोड ५६ लाख, एनआईसी एसिया बैंकको ३३ करोड ४१ लाख, कृषि विकास बैंकको ३२ करोड ८५ लाख र नेपाल बैंकको ३२ करोड ३१ लाख कारोबार भएको छ 

आज विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो, माउन्टेन हाइड्रो, ग्रिन लाइफ हाइड्रो, हिमालयन उर्जा विकास, र ङ्गादी ग्रुप पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, विकास बैंक, अन्य, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समुह बाहेकका सबै समूहगत सूचक बढेका छन् । आज हाइड्रो बैंकिंग समुह सबै भन्दा धेरै ३.३५ प्रतिशत र फाईनान्स समुह २.५७ प्रतिशतले बढेको छ । आज बैंकिंग समुहको सूचक सबै भन्दा धेरै २ प्रतिसतले घटेको छ।  

आज कारोबारमा आएका मध्ये ११० कम्पनीको मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved