'शेयर डिम्याट नगरेको भएपनि एचआईडिसीएलको हकप्रद भर्न मिल्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 09:37:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एचआईडिसिएलले निष्काशन गरिरहेको हकप्रद शेयरको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शेयर डिम्याट नगरेको भएपनि एचआईडिसीएल हकप्रद भर्न सकिने स्पष्ट पारेको छ । हकप्रद भर्नको लागि शेयर डिम्याट गरेकै हुनु नपर्ने स्पष्ट क्यापिटलले स्पष्ट पारेको हो ।

शेयर डिम्याट नगरेको भएपनि अहिले हकप्रदमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यद्यपि शेयर डिम्याट नगराएका र २०७८ असार मसान्तपछि शेयर डिम्याट गराएकाको हकमा भौतिक रुपमा आवेदन गर्नु पर्ने क्यापिटलले जनाएको छ ।

भौतिक फारम  क्यापिटलको कार्यालयको अलावा ग्लोबल आईएमई बैंकको न्युरोड, नयाँ बानेश्वर, लगनखेल र सानो ठिमी  शाखाबाट लिएर पनि बुझाउन सकिने भएकोले क्यापिटलको केन्द्रिय कार्यालयमा भिडभाड नगरिदिन र नेपाल सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट गराएकाले पनि अहिले हकप्रदमा आवेदन गर्न सक्ने र हकप्रद भर्न कै लागि तत्काल नै शेयर डिम्याट गर्न नपर्ने क्यापिटलले प्रष्ट पारेको हो । २०७८ असार मसान्तसम्म शेयर डिम्याट गराएकाले भने मेरोशेयर मार्फत अनलाइन नै आवेदन दिन सक्ने छन् । 

त्यस्तै क्यापिटलले आज साउन ११ गतेदेखि ग्लोबल आईएमई क्यापिटलले सन्ध्याकालिन काउन्टर संचालनमा ल्याएको छ । क्यापिटले आज साउन ११ गतेदेखि साउन २५ गतेसम्मको लागि सन्ध्याकालिन काउन्टर संचालनमा ल्याएको हो । 

यस अवधिमा क्यापिटलको नक्साल स्थित कार्यालय मध्यान्ह ५ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुने क्यापिटलले जनाएको छ । शुक्रबार र शनिवारको दिन बाहेक अन्य दिन कार्यालयको सन्ध्याकालिन काउन्टर ५ बजेदेखि ७ बजेसम्म संचालन हुने भएको हो । 

मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ र एचआईडिसीएलको हकप्रद  निष्काशन भईरहेकोले सेवाग्राहीलाई सहज होस् भन्ने उदेश्यले सन्ध्याकालीन काउन्टर सुरु गरिएको क्यापिटलले जनाएको छ ।  हाल निष्काशन भईरहेको एचआईडिसीएलको हकप्रद र मध्य भोटेकोशीको आईपिओको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved