जीवन विकास लघुवित्तको आईपिओ डिम्याट खातामा आयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 08:20:25 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तको आईपिओ डिम्याट खातामा आएको छ । सिडीएससीले सोमबारदेखि लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । कम्पनीको शेयर अब नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आउने छ । कम्पनीको शेयर GBLB सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो  ।  बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

 आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको थियो ।  ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको थियो । यस हिसाबमा २० लाख १८ हजार ३ सय ८ जना आवेदक योग्य रहेका थिए। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको थियो । 

जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका थिए भने ५ जनाले ११ कित्ता शेयर पाएका थिए । यस हिसाबमा १९ लाख २ हजार  ५ सय १६ जना आवेदक हात खाली भएका थिए ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो  । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ । कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved