'लक्ष्मी उन्नति कोष'को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 08:50:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुहिक लगानी कोष योजना 'लक्ष्मी उन्नति कोष'को लाभांश सुरक्षित गर्ने आज साउन १२ गते अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरिएकोले आज साउन १२ गतेसम्म  कायम इकाईधनीहरुले मात्र लाभांश पाउँन सक्ने छन् । 

 योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल Laxmi Capital Market  ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।

  'लक्ष्मी उन्नति कोष'ले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दै छ । आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति फण्ड पहिलो बनेको हो  ।

क्यापिटल  कै अर्को योजना लक्ष्मी इक्विटी फण्डले पनि ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved