नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार नेपाल हाइड्रो डेभलपर लिमिटेड Nepal Hydro Developer को शेयर सुचिकृत भएको छ । आज कम्पनीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख बराबरको बोनस शेयर सुचिकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस शेयर आज सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।