एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 08:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स NLG Insurance Company  को लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले साउन २१ गते बिहान १० बजे भर्चुअल माध्यमबाट गर्ने गरि सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट हाल काम चुक्ता पुंजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सयको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३ सय ९७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सोहि अनुसार गर्ने जिम्मा संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved