नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 08:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited को ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ । 

ऋणपत्रमा छिटोमा साउन १३ सम्म र सो अवधिसम्म पर्य्पट आवेदन नपरेमा साउन २४ सम्म आवेदन दिन सकिने ब्यबस्था थियो ।  सोहि ब्यबस्था अन्सुअर अब साउन २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको हो । 

बैंकले साउन १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले  प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ।   ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज भुक्तान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ ११ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।  ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

 आवेदन दिंदा न्युनतम २५  कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved