अपि पावरको २ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 09:52:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी लिमिटेड Api Power Company ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि लिलाम बढाबढ मार्फत बिक्रि गर्दै छ। अपिले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख १५ हजार ५९९ कित्ता साधारण सेयर लिलाममा ल्याएको हो। 

यस लिलामीको शेयरमा साउन २० गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामीको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, र अपि पावर कम्पनीको  कार्यालयबाट आवेदन दिन सकिने छ । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

कम्पनीले  १:०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। तर सर्वसाधारणबाट साधारण सेयरमा आबेदन नपरेकाले आबेदन नपरेको बराबरको सेयर कम्पनीले लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।  

कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। विद्युत नियमन आयोगले कम्पनीलाई विभिन्न शर्त तोकेर चरण चरणमा हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो। 

आयोगले पहिले निष्काशन गरेको हकप्रदबाट उठेको रकमबाट आयोजनामा गरिएको प्रगतीको प्रतिवेदन बुझाएपछि मात्र दोस्रो चरणको हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको थियो । त्यस्तै आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको थियो । सबै शर्त पुरा गरेपछि कम्पनीले दोस्रो चरणको हकप्रदको लागि अनुमति पाएको हो। 

अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो  । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved