माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ३१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ। १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज भुक्तान गर्ने छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई असार १६ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।
आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।