४८१ प्रतिशतले बढ्यो मिर्मिरे लघुवित्तको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 09:15:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को खुद नाफा ४८१.८८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७६/७७ मा कम्पनीखुद नाफा ३ करोड ४३ लाख रहेकोमा गत आर्थिक वर्ष बढेर २० करोड १ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख पुगेको छ । त्यस्तै कम्पनीको सापटी १ अर्ब ५७ करोडबाट बढेर ४ अर्ब ५९ करोड पुगेको छ भने कर्जा प्रवाह १५९.६९ प्रतिशतले बढेर ६ अर्ब ७७ करोड पुगेको छ । कम्पनीको निक्षेप ९८ करोड बाट बढेर १ अर्ब ८८ करोड पुगेको छ ।

४३ करोड ५० लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३४ करोड ५३ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved