१५ अंकले घट्यो नेप्से, गुडविल फाइनान्सको कारोबार उच्च, बढी कमाउनेमा रिडी हाइड्रो अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 03:27:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक १५.१३ अंकले घटेर ३०७९.८२ को बिन्दुमा  पुगेर रोकिएको छ । 

आज कारोबारमा  आएका २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर खरिद बिक्रिबाट १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये गुडविल फाइनान्सको सबैभन्दा धेरै ३३ करोड ९२ लाख, हिमालयन डिस्टिलरीको २९ करोड ४४ लाख, युनाइटेड मोदी हाइड्रोको २५ करोड ४३ लाख , हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख र रिडी हाइड्रोको २२ करोड ४२ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका होटेल तथा टुरिजम र विकास बैंक बाहेकका सबै समुहगत उप सूचक घटेका छन् । आज फाइनान्स समुहको उप सूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ । 

आज रिडी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले, जीवन विकास लघुवित्तको शेयर मूल्य ८.२२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.६५ प्रतिशतले तथा युनाईटेड इदी मर्दी हाइड्रोको शेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ७.३३ प्रतिशतले, माउन्टेन हाइड्रोको शेयर मूल्य ६.१७ प्रतिशतले , जानकी फाइनान्सको शेयर मूल्य ५.५० प्रतिशतले, र जोशी हाइड्रोको शेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये १२२ कम्पनीको शेयर मूल्य घटेको छ भने २२ कम्पनीको मूल्य बढेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved