अर्थ मन्त्रालयले नेप्से सीइओ साउदलाई पनि सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 07:12:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई  पनि स्पष्टिकरण सोधेको छ । मन्त्रालयको वित्तीय क्षेत्र ब्यबस्थापन तथा संस्थान समन्वय महाशाखाले आज बिहिबार स्पष्टिकरण पेश गर्ने पत्र नेप्सेमा पठाएको हो । 

मन्त्रालयले पठाएको पत्रमा शाखा अधिकृत श्याम प्रसाद आचार्यको हस्ताक्षर छ । मन्त्रालयले ३ दिने स्पष्टिकरण सोधेको हो । 

पत्रमा भनिएको छ 'विभिन्न संचार माध्यममा प्रकाशित तहाँ लिमिटेडसंग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । संचार माध्यममा आएका उक्त विषयवस्तुको समबन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ (तीन) भित्र यस मन्त्रालयमा उपलब्ध गराईदिनि हुन आदेशानुसार अनुरोध छ' 

बोर्ड अध्यक्ष चन्द्र सिंह साउदले आफ्नो श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको समाचार संचारमाध्यममा आएपछि मन्त्रालयले स्पष्टिकरण सोधेको हो । यस कम्पनीले बुक विल्डिग विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।

मन्त्रालयले यस अघि धितोपत्र बोर्डलाई हिजो नै स्पष्टिकरण पठाईसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved