९१ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 08:39:24 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष ७७/७८ मा सिटिजन्स बैंक Citizens Bank International Limited को खुद नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ७६/७७मा बैंकको खुद नाफा १ अर्ब १९ करोड रहेकोमा गत आर्थिक वर्ष बढेर १ अर्ब ५९ करोड पुगेको हो । 

यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ५७ करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख मात्र थियो । यस हिसाबमा बैंकको वितरणयोग्य मुनाफा ९१.५७ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ  

यस अवधिमा  बैंकको निक्षेप ५८.९२ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा प्रवाह ५०.१३ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब पुगेको छ  । १२ अर्ब ५७ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ६ अर्ब ९ करोड रहेको छ । 

यस अवधिमा बैंकको खराब कर्जा १.५५ प्रतिशतबाट बढेर २.७७ प्रतिशत पुगेको छ ।  बैंकको प्रति शेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा, र प्रति शेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ  । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved