३५ प्रतिशत लाभांश घोषणा गरेको लक्ष्मी इक्वीटी फण्डको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 09:10:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामुहिक लगानी कोष योजना ' लक्ष्मी इक्वीटी फण्डको इकाईको मुल्य समायोजन भएको छ । ३५ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि फण्डको इकाईको मूल्य प्रति इकाई १३ रुपैयाँ ९० पैसा कायम भएको छ ।  समायोजन अघि इकाईको मूल्य १७ रुपैयाँ ४० पैसा रहेको थियो ।  

फण्डले लाभांश वितरणको लागि आज साउन १५ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो ।  साउन १४ गतेसम्म  कायम इकाईधनीहरुले लाभांश पाउँन सक्ने छन् । 

 यस योजनाले आर्थिक वर्ष ७७/७८ को लागि  इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलले ब्यबस्थापन गरिरहेको अर्को योजना लक्ष्मी उन्नति फण्डले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved