आरएमडिसी लघुवित्तको खुद नाफा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 09:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष ७७/७८ मा आरएमडिसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष ७६/७७  को तुलनामा गत वर्ष कम्पनीको खुद नाफा १८.६८ प्रतिशतले घटेको हो । 

अघिल्लो वर्ष कम्पनीको खुद नाफा २८ करोड ६० लाख बाट घटेर २३ करोड २५ लाख पुगेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १२.२४ प्रतिशतले घटेर ४० करोड ३९ लाख पुगेको छ 

कम्पनीले ९ अर्ब ३७ करोड सापटी लिएको छ भने ११ अर्ब ८१ करोड बराबरको ऋण प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा ०.०१ प्रतिशतबाट ०.०५ प्रतिशत पुगेको छ 

१ अर्ब ३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ७४ करोड रहेको छ 

कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ २६९ रुपैयाँ ०३ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved