एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोषको लाभांश घोषणा, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 07:07:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले एनआईसी एशिया बैंक NIC Asia Bank Limited म्युचुअल फण्ड अन्तर्गत संचालन गरेको सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ९३ औँ बैठकले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा गरेको हो । 

कम्पनीका अनुसार एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल पाउने भएका छन् । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने कम्पनीले जनाएको छ । 

एनआईएशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत तथा दोश्रो वर्ष १२ प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो भने ब्यालेन्सड् फण्डले संचालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको थियो । उक्त प्रतिफल वितरण पश्चात्आ.व. २०७७/७८ को आषाढ मसान्तमा एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति मूल्य १८.७५ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको खुद सम्पत्ति मूल्य १७.३० तथा पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको खुद सम्पत्ति मूल्य ११.२६ कायम गर्न सफल भएको बताएको छ ।

अहिलो घोषणा गरेको प्रतिफल दर सहित हाल सम्म ग्रोथ फण्डले ५२ प्रतिशत तथा व्यालेन्सड् फण्डले ३८ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । साथै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले संचालनमा आएको पहिलो वर्षमानै १० प्रतिशत प्रतिफल घोषणा गर्न सफल भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved