१७३ प्रतिशतले बढ्यो आशा लघुवित्तको खुद मुनाफा, कसरी गर्यो लोभलाग्दो प्रगति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 08:49:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आशा लघुवित्तको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै १७३ प्रतिशतले बढेको छ। 

आशाले अघिल्लो आर्थिक बर्ष ४ करोड ६६ लाख खुद मुनाफा गरेकोमा गत आर्थिक बर्ष १२ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा आशाको खुद मुनाफा ८ करोड ५ लाखले बढेको हो। 

त्यस्तै आशाले कर्जा लगानी पनि ६३ प्रतिशतले बढाएर ३ करोड ८२ करोड पुर्याएको छ। त्यस्तै सदस्यहरुबाट १ अर्ब २८ करोड संकलन गरेको छ भने कर्जा सापटी २ अर्ब १९ करोड लिएको छ। 

गत आर्थिक बर्ष आशा लघुवित्तले खुद ब्याज आम्दानीबाट मात्रै २६ करोड २० करोड आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा आशाको खुद ब्याज आम्दानी ५५ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक बर्ष आशाको खुद ब्याज आम्दानी १६ करोड ९१ लाख रुपैयाँ मात्रै थियो। 

यस अवधिमा आशाको चुक्तापुंजी २६ करोड ७१ लाख रुपैयाँ छ भने उसको रिजर्भमा १७ करोड ३४ लाख रुपैयाँ रहेको छ। 

यस अवधिमा आशाको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा, प्रति सेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ भने उसको खराब कर्जा अनुपात ३.२० प्रतिशतबाट थोरैले बढेर ३.८० प्रतिशत पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved