नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 01:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयर सुचिकृत भएको छ । आइतबार कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै सोमबारदेखि कम्पनीको शेयर कारोबार  सुचारु हुने छ । कम्पनीको MKLB सिम्बलबाट कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसा देखि ३०२ रुपैयाँ ५२ पैसा सम्मको रेन्ज तोकेको छ । यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।  

कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको थियो  । जस मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्द भएको र १९ लाख ५१ हजार ५ सय २१ जना योग्य आवेदक कायम भएका थिए।

माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये २ जनाले ११ कित्ता शेयर पाएका थिए । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख  १७ हजार बढी आवेदन हात खाली भएका थिए।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved