
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ । आइतबार कम्पनीको २ करोड १५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै सोमबारदेखि कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको ULI सिम्बलबाट कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको रेन्ज तोकेको छ । यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।