सर्वोत्तम सिमेन्ट शेयर खरीद विवाद, अख्तियारले थाल्यो अध्यक्ष ढुंगानामाथि छानविन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 03:05:17 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारको नियामक निकायका प्रमुखहरुले आफ्नो परिवारको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि अख्तियारले यस विषयमा अनुसन्धान थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुँगानामाथि छानविन थालेको हो ।

अख्तियारले उनलाई निगरानीमा राखेर छानविन थालेको । अर्थ मन्त्रालयले ढुंगानालाई स्पष्टिकरणको लागि पत्र काट्नु अगाडी नै अख्तियारले छानविन थालेको स्रोतले जनाएको छ। स्रोतकाअनुसार अख्तियारले भिष्म ढुंगानाका पछिल्ला गतिबिधिहरुलाई समेत सुक्ष्म अध्ययन थालेको छ।

यस अगाडी ५१ कम्पनी तोकेर लगानीको लागि जोखिम भनेर निकालेको बिज्ञप्तीको पछाडी पनि अरुनै आर्थिक खेल भएको हुन सक्ने भन्दै अख्तियारले यो बिषयमा पनि अनुसन्धान थालेको छ। ढुंगानाले भ्रष्ट्राचार गरेको भन्दै यस अघि नै आयोगमा उजुरी परिसकेको थियो ।

अध्यक्ष ढुंगानाको छोरी रेबिका ढुंगानाको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरिएको फेला परेको हो । त्यस्तै बोर्डका संचालक रहेका चन्द्र ढकालका भाई हेमराज ढकालको नाममा कम्पनीको शेयर खरिद गरिएको भेटिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको श्रीमतीको नाममा पनि शेयर लिएको देखिएको छ । 

बुक विल्डङ विधिबाट आइपिओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नियामकको परिवारको नाममा लिएको देखिएपछि अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष ढुंगाना र नेप्सेका सीइओ साउदलाई ३ दिने स्पष्टिकरण सोधी सकेको छ ।

उता नेपाल धितोपत्र  बोर्डको कर्मचारी युनियनले पनि बोर्ड अध्यक्ष ढुंगाना र संचालक ढकाललाई निलम्बन गरि छानविन गर्न माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved