आइतबार १२ अर्बको शेयर कारोबार, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 04:05:29 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार आज शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक १.२६ अंकले बढेर ३०८१.०७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६१ रुपैयाँ ९१ बराबरको कारोबार भएको छ । जस मध्ये नेशनल हाइड्रोको ३६ करोड ६ लाख, युनाईटेड मोदी हाइड्रोको ३५ करोड, सिनर्जी हाइड्रोको ३२ करोड १२ लाख, ङ्गादी हाइड्रोको ३० करोड ४६ लाख, युनिभर्सल पावरको २९ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका बैंकिंग, होटेल तथा टुरिजम, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, अन्य, लाइफ इन्स्योरेन्स, र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेको छ । जस मध्ये हाइड्रोपावर समुह सर्बाधिक २.४९ प्रतिशतले बढेको छ भने होटेल तथा टुरिजम समुह सर्बाधिक २.३२ प्रतिशतले घटेको छ ।

आज सिनर्जी हाइड्रो, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य सर्बाधिक ६.९८ प्रतिशत र चन्द्रागिरी हिल्सको शेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved