भीष्मराज ढुंगानाले अर्थ मन्त्रालयमा पठाए ४ पन्ने स्पष्टिकरण, यस्ता छन् उनका ५ तर्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 07:05:00 PM मा प्रकाशित

nepal oil ltd

नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयले सोधेको स्पष्टिकरण पेश गरेको छ । बोर्डले आज आइतबार मन्त्रालयमा स्पष्टिकरण पेश गरेको हो । 

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले कार्यकारी निर्देशक, र उपकार्यकारी निर्देशकहरुलाई हस्ताक्षर गर्न लगाएर स्पष्टिकरण मन्त्रालयमा पठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ढुंगानाले ४ पन्ने स्पष्टिकरण पत्र पठाएका छन् । जसमा ५ वटा विषय उल्लेख छ । 

स्पष्टिकरणमा बोर्ड अध्यक्ष ढुंगानाले मुख्यत: निम्न आशयको जवाफ पठाएको स्रोतले जनाएको छ । 

१. सर्वोत्तम सिमेन्ट नेप्सेमा सुचिकृत नभएकोले यस कम्पनी बोर्डको नियमनको क्षेत्राधिकार भित्रै पर्दैन । यस्ता कम्पनीको कारोबार ओटिसी बजारमा हुने गर्छ । ओटिसी बजारको आफ्नो छुट्टै नियमावली रहेको छ , त्यहाँ हुने कारोबार वा सुचनाको पहुँच बोर्डलाई वा बोर्डका संचालक समिति सदस्यलाई हुदैन 

२. बोर्डले बोर्ड सदस्यको लागि बनाएको आचारसंहिताले बोर्डले अनुमति दिएको कम्पनीको शेयर मात्र खरिद गर्न नपाइने भनेको छ, सर्वोत्तम सिमेन्टलाई बोर्डले अनुमति नदिएकोले आचारसंहितामा रहेका प्रावधान आकर्षित हुदैन । 

३.सर्वोत्तम सिमेन्टले आईपिओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छैन , बोर्डले अन्य कुनै काम गर्नको लागि कुनै पनि अनुमति पनि दिएको छैन, यो कम्पनी बोर्डको नियमन भित्र नै पर्दैन 

४. बोर्डको कर्मचारी सेवा शर्त नियमावली अनुसार एकाघरका परिवारको परिभाषा भित्र विवाहित छोरी पर्दैन । 

५, मिडियामा आएका सबै समाचार तथ्यहीन र भ्रमपूर्ण रहेको छ । कतिपय समाचारले अफवाह फैलाएका छन् । 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र ब्यबस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबार स्पष्टिकरण पेश गर्ने पत्र बोर्डमा पठाएको थियो ।  पत्रमा भनिएको थियो 'विभिन्न संचार माध्यममा प्रकाशित तहाँ बोर्डसंग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । संचार माध्यममा आएका उक्त विषयवस्तुको समबन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ (तीन) भित्र यस मन्त्रालयमा उपलब्ध गराईदिनि हुन आदेशानुसार अनुरोध छ' 

बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नो छोरीको नाममा र बोर्डका संचालक समितिका सदस्य रहेका चन्द्र ढकालले आफ्नो भाईको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको समाचार संचारमाध्यममा आएपछि मन्त्रालयले स्पष्टिकरण सोधेको हो । यस कम्पनीले बुक विल्डिग विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved