१६८ प्रतिशतले बढ्यो अरुण काबेलीको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 08:30:49 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष ७७/७८ मा अरुण काबेली Arun Kabeli Power  को खुद नाफा १६८.३८ प्रतिशतले बढेको छ। अधिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा १० करोड ७९ लाख रहेकोमा गतवर्ष खुद नाफा बढेर २८ करोड ९७ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीले ७० करोड ६७ लाख बराबरको बिजुली बिक्रि गरेको छ भने अन्य स्रोतबाट २ करोड ६ लाख आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ७३.५५ प्रतिशत बढेको छ। १ अर्ब ५८ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २९ करोड २२ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८.२८ रुपैयाँ, प्रति शेयर नेट वर्थ ११८.४३ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २५.९४ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved