कुन मूल्यमा भयो मनकामना स्मार्ट लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 10:51:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुचारु भएको छ । हिजो आइतबार नेप्सेमा  शेयर सुचिकृत भएसंगै कम्पनीको आज सोमबारबाट कारोबार सुरु भएको हो 

युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा भएको छ  ।स्पेसल प्रि ओपन सेसनमा कम्पनीको ३४२ रुपैयाँमा पहिलो कारोबार भएको हो  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको रेन्ज तोकेको छ ।  यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने ब्यबस्था छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  कम्पनीको ULI सिम्बलबाट कारोबार भएको हो । 

मनकामना स्मार्ट लघुवित्तको भने आज कारोबार भएँन स्पेसल प्रि ओपन सेसनको कारोबारमा कम्पनीको कुनै पनि अर्डर म्याच नभएपछि कम्पनीको कारोबार हुन नसकेको हो । यस संगै अब आज कम्पनीको नियमित समयमा कारोबार हुने छैन ।  भोलि मंगलबारको प्रि ओपन सेसनमा कारोबार भई सुरुवाती मूल्य तय भएपछि मात्र कम्पनीको नियमित कारोबार सुरु हुने छ । नेप्सेले कम्पनीको  पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसा देखि ३०२ रुपैयाँ ५२ पैसा सम्मको रेन्ज तोकेको थियो । यो रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको शेयर कारोबार सुचारु हुन सक्ने ब्यबस्था छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  कम्पनीको MKLB सिम्बलबाट कारोबार हुने छ । 

मनकामनाको आइतबार १२ लाख ११ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको हो । कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।  

कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको थियो  । जस मध्ये २ हजार ७ सय ५३ जनाको आवेदन रद्द भएको र १९ लाख ५१ हजार ५ सय २१ जना योग्य आवेदक कायम भएका थिए।

माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये २ जनाले ११ कित्ता शेयर पाएका थिए । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख  १७ हजार बढी आवेदन हात खाली भएका थिए।  

त्यस्तै युनियनले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। 

आईपिओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेकोमा ६९ हजार ९ सय ७६ जनाको आवेदन रद्द भएको थियो  ।  गोग्य रहेका २१ लाख १२ हजार ७ सय ९९ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरिएको थियो  ।  माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको थियो। कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ८० हजार ५ सय जनाले मात्र पाएका थिए । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख २ हजार २ सय ७५ जना आवेदक हात खाली भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved