जितुमाया सुरी हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 05:03:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाखको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले कुल जारी पूँजी ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

यसका लागि कम्पनीले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी गर्ने २२ लाख ८० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved