आइतबार बेचेको शेयर ट्रान्सफर गर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 07:28:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साउन १७ गते आइतबार बिक्रि गरिएको शेयरको ट्रान्सफर अर्थात ईडिआईएस आज साउन १९ गते बिहान १० बजेसम्म गर्न सकिने भएको छ । मेरोशेयरमा समस्या आई शेयर ट्रान्सफर गर्न समस्या भएपछि सिडीएसले शेयर ट्रान्सफर गर्ने समय थप गरेको हो ।

सोमबार नेपाल सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा समस्या आउँदा त्यसको कारण मेरोशेयरमा पनि समस्या आएको थियो । मेरोशेयर अवरुद्द हुँदा शेयर ट्रान्सफर गर्न नमिलेपछि सिडीएससीले शेयर ट्रान्सफर गर्ने समय थप गरेको हो । 

सिडीएसका अनुसार सोमबार बेलुका राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा विद्युत आपूर्तिमा समस्या आएकोले मेरोशेयरको सेवा प्रभावित भएको हो । मेरोशेयरको सर्भर तथा उपकरणहरु सिंहदरबार स्थित सोहि केन्द्रमा रहेको छ । केन्द्रमा समस्या आउँदा मेरोशेयरको सेवा प्रभावित हुने गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved