सामान्य विषयमा बोल्ने लगानीकर्ता संघका नेताहरु सर्वोत्तम सिमेन्ट प्रकरणमा किन मौन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 10:42:48 AM मा प्रकाशित

laxmi sunrise bank

 नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले आइतबार बिजपाटी डटकमको एउटा न्युज शेयर गर्दै केहि दिन अघि फोनमा भएको कुराकानीको एक अंश राखिन् । बिजपाटीको 'सर्वोत्तम सिमेन्ट शेयर खरीद विवाद, अख्तियारले थाल्यो अध्यक्ष ढुंगानामाथि छानविन' शिर्षकको समाचार शेयर गर्दै उनले लेखेकी छिन् 'हाइ लेभल को केस हो तिमि हामी पर्नु हुन्न नत्र कुवा को भ्यागुता जस्तै हुनेछौ भनेर उहाले फोन राखी दिनु भयो.....' 

यो फोन वार्ता संरक्षणा र अर्को एक लगानीकर्ता संघको नेतृत्वबीच भएको हो । धितोपत्र बोर्डका अध्यक्ष, संचालक र नेप्सेका सीइओले शेयर बजारमा  आउँन लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि संरक्षणाले लगानीकर्ताको तर्फबाट विज्ञप्ति निकाल्नको लागि अन्य संघहरुलाई फोन गरेकी थिईन् । तर कुनै पनि संघ विज्ञप्ति निकाल्नको लागि तत्पर देखिएन । संरक्षणाको संघ बजार आएको सबैभन्दा कान्छो संघ हो । संघहरुले अधिकांश समय संयूक्त विज्ञप्ति नै निकाल्ने गरेका थिए । तर अन्य संघले विज्ञप्ति निकाल्न उपयुक्त नहुने बताएपछि उनको चाहना अधुरो रह्यो 

 यो पनि : चन्द्र ढकालको बचाउमा महासंघको झुटो विज्ञप्ति, ढकाल संचालक भएपछि गरिएको थियो शेयर खरिद

अरु बेलामा शेयर बजारमा हुने सामान्य घटनामा पनि विज्ञप्ति निकाल्ने संघहरु, शेयर बजारमा हालसम्म कै गम्भीर घटना सार्वजनिक हुदाँ समेत यस विषयमा मौन देखिनुलाई चासोका साथ हेरिएको छ । सबै भन्दा पुरानो संघमा यस अघि र अहिले आवद्द रहेकाहरु समेत जोडिएकोले सोहि संघ कै जोडबलमा विज्ञप्ति नआएको बजारको विश्लेषण छ । नियामक निकाय नै बजारमा आउँन लागेको कम्पनीको शेयर खरिद बिक्रिमा संलग्न भएको गम्भीर तथ्य बाहिरनु र अर्थ मन्त्रालय, तथा अख्तियारले यस विषयमा अनुसन्धान अघि बढाई सक्दा समेत लगानीकर्ता संघहरु नबोल्नुले कतै उनीहरु पनि यसमा संलग्न त् छैनन् भन्ने आशंका बजारमा रहेको छ 

यो पनि:  सेयरबजारका यी 'खलनायक' लाई कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार गलत कार्यलाई आफुले कहिल्यै पनि सहि रहेको नबताएको भन्दै अहिले भएको कार्य गलत नै रहेको बताउछन् । यस विषयमा अर्थ मन्त्रालयले एक्सन लिईसकेको र अख्तियारले समेत छानविन थालेको समाचार बाहिर आएकोले त्यहाँ बाट नै सत्य तथ्य पत्ता  लाग्ने भएकोले आफुहरु यस विषयमा विज्ञप्ति निकाल्न आवश्यक नरहेको उनी बताउछन् । अहिले मिडियामा आएको कुरा मात्र सुनिएको र यसमा संलग्न भएकाहरुको पनि कुरा सुन्नु पर्ने भएकोले आफुहरु वेट एण्ड वाचमा रहेको उनको भनाई छ । उनी भन्छन् 'प्रष्ट पार्ने मौका सबैलाई दिनु पर्छ, अदालतले  पनि त्यस्तो मौका दिन्छ, उहाँहरुको भनाई आएपछि यथार्थ विवरण आउंछ' । मन्त्रालय र अख्तियारले यथार्थ पत्ता लगाउने नै भएकोले अहिले केही कदम नलिएको उनको भनाई छ। गलत गरेको देखिए कारवाही हुनेमा उनी विश्वस्त छन्  तर आवश्यक परेमा संघको धारणा आउने उनी बताउछन् । 

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेल पनि नेपाल सरकारले नै इनिसियसन लिएर आवश्यक काम गरिरहेकोले त्यहि बाट सत्य तथ्य बाहिर आउने बताउछन्। कसैले पनि निजि लाभको लागि बजारलाई प्रभावित पार्नु नहुने र नियामकले नियमकीय भूमिका मात्र खेल्नु पर्ने उनको भनाई छ । उनी भन्छन् 'दोषी भए कारवाही हुनु पर्छ भन्ने हाम्रो भनाई छ, नेपाल सरकार , अर्थ मन्त्रालयबाट सत्य तथ्य आउने नै छ' । 


नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि अर्थ मन्त्रालय र अख्तियारले आवाश्यक काम गरिरहेको बताउछिन्।  सत्य तथ्य जे भए पनि त्यो बाहिर आउनु पर्ने र जे काम भयो त्यो सहि हो वा गलत हो भन्ने कुरा उनीहरु आफैले नै छुट्याउनु पर्ने उनको भनाई छ ।  आफुले मात्र  बोलेर नहुने भएकोले मन्त्रालय तहबाट नै छानविन भई सत्य तथ्य आउने उनको भनाई छ । 

शेयर लगानीकर्ता दबाब समुहका पूर्व अध्यक्ष हरि ढकाल बुक विल्डिङ विधिमा केहि गडबडी रहेको विषय आफुले ४ महिना अगाडी नै उजागर गरेको बताउछन् । उनले फेसबुकमा रहेको शेयर बजार विचार हजार नामको ग्रुपमा यस विषय उठान गरेका थिए । हाल पनि उनी बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका सीइओ चन्द्र सिंह साउद, बोर्डका संचालक चन्द्र ढकालले यसरी परिवारको नाममा शेयर खरिद गर्नु ओपन इन्साइडर ट्रेडिङ रहेको र यो अनएथिकल कार्य रहेको बताउछन् ।

कानुन मान्ने भए चन्द्र ढकालले धितोपत्र बोर्ड वा ग्लोबल आईएमई बैंक मध्ये एक छोड्नु पर्ने


-हर्षद मेहता शैलीमा चन्द्र ढकाल, सर्वोत्तम सिमेन्टको शेयरमा उनकै समुहको प्रभुत्व


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved