बोर्ड अध्यक्ष ढुंगानाले अर्थमन्त्रालयमा झुटो स्पष्टिकरण बुझाएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 05:01:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गलत तथ्य राखेर स्पष्टिकरणको जवाफ पेश गरेको खुलासा भएको छ ।  ढुंगानाले गत आइतबार बोर्डमा ४ पन्ने स्पष्टिकरण पेश गरेका थिए । तर उनले आफ्नो बचाऊमा  पेश गरेको स्पष्टिकरणमा  गलत तथ्य राखेर पठाएको खुलासा भएको हो । 

 यो पनि : चन्द्र ढकालको बचाउमा महासंघको झुटो विज्ञप्ति, ढकाल संचालक भएपछि गरिएको थियो शेयर खरिद 

उनले पठाएको स्पष्टिकरणमा भनिएको छ ' बोर्डको नियमन परिधिमा नरहेका सर्वोत्तम सिमेन्ट जस्ता कम्पनी र त्स्य्ता कम्पनीको शेयर खरिद बिक्रि बोर्डको क्षेत्राधिकार भित्र पर्दैन। यद्यपि बोर्डमा धितोपत्र बोर्डमा दर्ता नगरेको र नेप्सेमा  सुचिकृत नभएका कम्पनीको शेयर खरिद बिक्रि भने ओटिसी बजार मार्फत हुने ब्यबस्था रहेको छ।

उक्त बजारमा ओटिसी बजार सम्बन्धि विनियमावलीमा भएका ब्यबस्था बमोजिम कारोबार हुने गर्दछ ।  उक्त बजारमा कारोबार हुने कम्पनीले आफ्नो धितोपत्र बोर्डमा दर्ता तथा सुचिकृत नपर्ने र कुनै पनि किसिमको सूचना तथा विवरण प्रवाह गर्नु पर्ने ब्यबस्था छैन ।  यसर्थ ओटिसी बजारमा कारोबार हुने कम्पनीको सूचना तथा जानकारीमा  बोर्ड, बोर्ड सदस्य तथा कर्मचारीलाई आफ्नो कर्तब्य पालनाको सिलसिलामा कुनै पहुँच नहुने देखिन्छ' ।  

यो पनि:  सेयरबजारका यी 'खलनायक' लाई कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ

यो सबै दाबी गलत देखिन्छ। धितोपत्र बजार संचालन नियमावली, २०६४ ले सूचिकरण नभएको धितोपत्रको कारोबारको नियमनको जिम्मा पनि बोर्डलाई नै दिएको छ । नियमावलीको दफा २३ मा 'सूचीकरण नभएको वा सूचीकरण खारेज भएको धितोपत्रको खरिद, बिक्री वा विनिमय सम्बन्धी कारोबार व्यवस्थाका लागि ओभर द काउन्टर बजार संचालन गर्न सक्नेछ।' भनि उल्लेख गरिएको छ।

दफा २३ को उपदफा २ मा  ओभर द काउन्टर कारोबारको प्रक्रिया र व्यवस्था सम्बन्धी विवरण संलग्न गरी स्वीकृतिका लागि बोर्ड समक्ष निवेदन दिनु पर्ने उल्लेख गरिएको छ ।  प्राप्त निवेदन उपर जाँचबुझ गरी उपयुक्त देखिएमा बोर्डले स्वीकृति प्रदान गर्न सक्नेछ भन्ने उपदफा ३ मा रहेको छ। उपदफा ४ मा भने स्वीकृति प्रदान गर्दा बोर्डले आवश्यकता अनुसार शर्त तोकिदिन सक्ने उल्लेख छ ।

यस अनुसार ढुंगानाले स्पष्टिकरणमा 'कुनै पनि किसिमको सूचना तथा विवरण प्रवाह गर्नु पर्ने ब्यबस्था छैन । यसर्थ ओटिसी बजारमा कारोबार हुने कम्पनीको सूचना तथा जानकारीमा बोर्ड, बोर्ड सदस्य तथा कर्मचारीलाई आफ्नो कर्तब्य पालनाको सिलसिलामा कुनै पहुँच नहुने देखिन्छ' । भनी गरेको दाबी गलत रहेको देखिएको छ ।

 कानुन मान्ने भए चन्द्र ढकालले धितोपत्र बोर्ड वा ग्लोबल आईएमई बैंक मध्ये एक छोड्नु पर्ने
हर्षद मेहता शैलीमा चन्द्र ढकाल, सर्वोत्तम सिमेन्टको शेयरमा उनकै समुहको प्रभुत्व

त्यस्तै ढुंगानाले स्पष्टिकरणमा 'ओटिसी बजारमा कारोबार हुने कम्पनीको सूचना तथा जानकारीमा  बोर्ड, बोर्ड सदस्य तथा कर्मचारीलाई आफ्नो कर्तब्य पालनाको सिलसिलामा कुनै पहुँच नहुने देखिन्छ'। भन्ने उल्लेख गरेका छन् । तर नियमावली नै  बोर्डमा निवेदन दिनु पर्ने उल्लेख गरेको छ। साथै नेप्सेले ओटिसी बजारमा भएको सर्वोत्तम सिमेन्टको सबै शेयर खरिद बिक्रिको विवरणमा  बोर्डलाई पठाएको र बोर्डले त्यसमा आफ्नो छाप लगाएर सो विवरण बुझेको प्रमाणित समेत गरेको छ । बोर्डले छाप लगाएर यसरी बुझेको विवरण दर्ता फाँटबाट शाखा, महाशाखा, कार्यकारी निर्देशक हुदै अध्यक्षसम्म पुग्छ । तसर्थ कुनै पहुँच नै हुदैन भन्नु पनि गलत देखिएको छ । 

हेर्नुस बोर्ड आफैले छाप लगाई दर्ता गरेको विवरण : 


यो पनि : सामान्य विषयमा बोल्ने लगानीकर्ता संघका नेताहरु सर्वोत्तम सिमेन्ट प्रकरणमा किन मौन ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved