एनआईबीएल एस क्यापिटलमा डिम्याट खोल्दा सहभागिता फण्डको १०० इकाई उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 12:40:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल NIBL ACE Capital  ले आफ्ना ग्राहकवर्गहरुको लागि विशेष योजना ल्याएको छ । उक्त योजना अनुसार एनआईबीएल एस क्यापिटलमा डिम्याट निशुल्क खोलिने र खाता खोल्ने मध्ये १० जनालाई एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने क्यापिटलले जनाएको छ  ।

डिम्याट खोल्नेहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने क्यापिटलले जनाएको हो । यो योजना २०७८ साल श्रावण २० गते देखि २०७८ साल कार्तिक २० सम्मको लागि लागु हुने छ ।

 अनलाइन मार्फत नै खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved