नियुक्त भएको दिनदेखि नै लागु हुने गरी अध्यक्ष ढुंगानाले बढाएका थिए आफ्नो तलव भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 02:27:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नो सेवा सुविधा आफु नियुक्त भएको दिन देखि नै लागु हुने गरि बढाएको पाईएको छ। नियुक्त भएपछिको मितिमा नियमावली संशोधन गरेको तर संशोधित नियमावली भने नियुक्त भएको दिन देखि नै लागु गरिएको पाईएको हो 

भिष्मराज ढुंगानाले बोर्डको अध्यक्षको रुपमा पुस २५ गतेदेखि कार्यभार सम्हालेका थिए । उनले आफ्नो सेवा सुविधा बढाउने  गरि फागुन १४ गते 'नेपाल धितोपत्र ब्रोड कर्मचारी सेवा शर्त नियमावली' संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएका थिए । मन्त्रालयले फागुन ३० गते मन्त्रीस्तरीय निर्णय गर्दै नियमावलीमा आवश्यक संशोधन गरेर अध्यक्ष ढुंगानाको सेवा सुविधा बढाईदिएको थियो । 

फागुन ३० मा संशोधनको निर्णय भएको भए पनि उनी नियुक्त भएको दिनदेखि नै लागु गरिएको हो । बोर्डले वेबसाइट राखेको नियमावलीमा पनि चौथो संशोधन २०७५/९/२५ देखि लागु भएको उल्लेख छ । त्यस समय ढुंगानाले आफ्नो तलव, भत्ता, बिमा रकम बढाएका थिए भने थप सेवा सुविधा पाउने ब्यबस्था गरेका थिए 

के कति बढ्यो ?

१. तलव भत्ता 

उनले अध्यक्षले पाउने तलब रु. ८९,२४४।– कायम गर्ने र कार्यकारी भत्ताको हकमा तलवको ५० प्रतिशत कायम गरेका हुन् । त्यस अघि अध्यक्षले नेपाल सरकारको विशिष्ट श्रेणीको तलवमान भन्दा कम नहुने गरिनेपाल सरकारले समय समयमा तोके बमोजिम हुने ब्यबस्था थियो । 

२. उनले अध्यक्षको लागि वार्षिक ५ महिनाको तलव बराबरको रकम सावधिक जीवन बिमा गर्ने ब्यबस्था संशोधन मार्फत गरेका थिए  । त्यस अघि अध्यक्षको लागि प्रत्येक वर्ष दुई महिनाको तलबबराबरको रकम र सो रकममा प्रति वर्ष दश प्रतिशतका दरले थप गरी हुन आउने रकम निजको सेवा अवधि पूरा भएपछि निजलाई विमा वापत एकमुष्ठ रकम प्रदान गरिने ब्यबस्था थियो ।

उनले संशोधन मार्फत निम्न अनुसार सेवा सुविधा थप गरेका थिए, जुन त्यस अघिसम्म ब्यबस्था गरिएको थियो  ।

१. अध्यक्षलाई काठमाण्डौ उपत्यकाभित्र आफ्नो वा आफ्नो एकाघर परिवारको नाममा घर नभएमा सञ्चालक समितिले निर्णय गरे बमोजिम आवाश सुविधा उपलव्ध गराइनेछ ।

२. अध्यक्षले बोर्डको नियमानुसार कल्याणकारी कोष सुविधा पाउनेछ ।

३. अध्यक्षलाई अन्तराष्ट्रिय भ्रमणमा बोर्डको आर्थिक प्रशासन सम्बन्धी नियमावलीमा व्यवस्था भए बमोजिम दैनिक भत्ता प्रदान गरिनेछ ।

४. अध्यक्षलाई विदेश भ्रमण गर्दा भैपरी वापत एकमुष्ट अमेरीकी डलर २६० उपलब्ध गराइनेछ ।

५. अध्यक्षले विदेश भ्रमण गर्दा होटलको अलग्गै विल पेश गरेमा विल बमोजिमको अमेरीकी डलर ३५० सम्म होटल खर्च वापत रकम प्रदान गरिनेछ । यसरी होटलको विल अलग्गै पेश गरेमा नेपाल धितोपत्र बोर्ड आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०६६ ले तोकेको दैनिक भत्ताको ३० प्रतिशत मात्र पाउने छ ।

६. अध्यक्षले स्वदेश भ्रमण गर्दा होटलमा बस्नु परेमा होटल खर्च विल बमोजिम दिईनेछ ।


आफु नियुक्त भएर आएपछि आफ्नो मात्र सेवा सुविधा बढाएको तर बोर्डका कर्मचारीको हकमा भने काटिएको भत्ता फेरी सुचारु गर्न पहल नगरेको गुनासो कर्मचारीहरुले गर्ने गरेका छन् । बोर्डका कर्मचारीहरुले आफ्नो तलव बराबरको वार्षिकोत्सव भत्ता पाउदै आएका थिए । तर त्यो काटिएको २ वर्ष भएको छ  । आफ्नो सेवा सुविधा बढाएको तर वार्षिकोत्सव भत्ताको लागि पहल नगरिदिएको कर्मचारीको गुनासो छ । राष्ट्रपति, प्रधानमन्त्री, अर्थ मन्त्री सबै आफ्नै पार्टी सम्बद्ध हुँदा पनि अध्यक्षले पहल नगरिदिएपछि कर्मचारी रुष्ट बनेका हुन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved