कहिलेसम्म कायम इकाईधनीले पाउँछन् एनआईबिएलको २ म्युचुअल फण्ड योजनाको लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 08:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश वितरणको लागि बुक क्लोज मिति घोषणा गरेको छ । क्यापिटलले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांशको लागि बुक क्लोज मिति तय गरेको हो ।

जस अनुसार एनआईबिएल प्रगति फण्डको साउन २९ गते बुक क्लोज हुने भएको छ । साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् । एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

त्यस्तै एनआईबिएल समृद्धि फण्ड १ ले पनि साउन २९ गते बुक क्लोज हुने भएको छ । साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँन सक्ने छन् । एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन् आउने ३५ करोड बराबरको नगद लाभांश  वितरण गर्ने घोषणा गरिसकेको छ ।

यी योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved