दोहोरो अंकले घट्यो नेप्से, १३२ कम्पनीको शेयर मूल्यमा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 03:46:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १६ अंकले घटेर ३१०७.४५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर खरिद बिक्रिबाट १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६४ रुपैयाँ ६९ पैसाको कारोबार भएको छ ।

जस मध्ये अपर तामाकोशीको ६५ करोड ३० लाख, अपि पावरको ५८ करोड ४२ लाख, अरुण भ्याली हाइड्रोको ४९ करोड १७ लाख, फर्स्ट माइक्रोफाइनान्सको ३१ करोड ७३ लाख, र अरुण काबेलीको २८ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।

आज नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनियन लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशत तथा फर्स्ट माइक्रो फाइनान्सको शेयर मूल्य ८.२० प्रतिशतले बढेको छ । आज युनिभर्सल पावरको शेयर मूल्य सर्बाधिक ६.७९ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको शेयर मूल्य ५.३२ प्रतिशतले घटेको छ ।

आज विकास बैंक समुहको बाहेकका सबै समुहगत सूचक घटेका छन् । विकास बैंक समुह भने २.२४ प्रतिशतले बढेको छ । आज हाइड्रोपावर समुह सबैभन्दा धेरै २,१६ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५२ कम्पनीको शेयर मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved