निफ्राको खुद नाफा घट्यो, बितरणयोग्य मुनाफा ६५ करोड मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 08:41:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा घटेको छ । आर्थिक वर्ष ७६/७७ को तुलनामा बैंकको नाफा १.२६ प्रतिशतले घटेको हो । आर्थिक वर्ष ७६/७७ मा बैंकको नाफा ८४ करोड ७१ लाख रहेकोमा गत आर्थिक वर्षमा  घटेर ८३ करोड ६४ लाख कायम भएको छ ।  

बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड पुगेको छ । संचालन मुनाफा भने ७.९२ प्रतिशतले बढेर १ अर्ब १८ करोड रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ६५ करोड ८५ लाख रहेको छ । 

२० अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २ अर्ब ४० करोड रहेको छ । कम्पनीले ३० करोड १६ लाख निक्षेप संकलन गरेको छ भने २ अर्ब २७ करोड बराबरको कर्जा प्रवाह गरेको छ। बैंकले १८ अर्ब २८ करोड रकम अन्य बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेको छ । 

बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ १८ पैसा, प्रति शेयर नेर्टवर्थ ११२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११७.६४ गुणा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved