अर्थले माग्यो ओटीसी बजारमार्फत भएको शेयर खरिद बिक्रिको विस्तृत विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 02:30:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेसँग सर्वोत्तम सिमेन्टको शेयर कारोबारको सम्पूर्ण विवरण माग गरेको छ । अर्थ मन्त्रालयले बिहिबार नेप्सेलाई पत्र लेख्दै नेप्सेको ओटिसी कारोबारमा भएको सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रिको विवरण माग गरेको हो ।

मन्त्रालयले सर्वोत्तम सिमेन्टले कहिले शेयर खरिद बिक्रिको लागि निवेदन दिएको, कहिले कारोबारको लागि नेप्सेले स्वीकृति प्रदान गरेको, कहिले शेयर खरिद बिक्रि भएको र शेयर खरिदको सम्पूर्ण विवरण माग गरेको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र ब्यबस्थापन तथा संस्थान समन्यव महाशाखाले नेप्सेसंग यी विवरण माग गरेको हो । महाशाखाले नेप्सेलाई यी विवरण ३ दिन भित्र पठाउन भनेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओको परिवारको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रि भएको पाईएपछि अर्थ मन्त्रालयले यस विषयमा छानविन गरिरहेको छ । यस अघि मन्त्रालयले नेप्से र बोर्डसंग नै स्पष्टिकरण सोधेको थियो।

No photo description available. 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved