एनआईसी एशिया क्यापिटलले ४८ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 07:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital  ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलको आज सम्पन्न संचालक समितिको ९४ औं बैंठकले आगामी भाद्र १३ गते आइतबारसाधारणसभा आह्व्ना गर्ने निर्णय गरेको हो ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ९,६०,००,०००÷– (नौ करोड साठी लाख मात्र) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, म्युचुअल फण्ड, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved