कहिलेसम्म कायम इकाईधनीले पाउँछन् सिद्धार्थ क्यापिटलको २ वटा म्युचुअल फण्डको लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 09:08:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल Siddhartha Capital  ले आफुले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ ।  योजना ब्यबस्थापक सिद्धार्थ क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश र लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।

जस अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले लाभांश वितरणको लागि साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन ३१ गतेसम्म कायम इकाईधनीले मात्र यी कोषहरुले दिने लाभांश पाउँन सक्ने छन् ।

सिद्धार्थ इक्विटी फण्डले ३० प्रतिशतले हुन आउने ४५ करोड बराबरको नगद लाभांश, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३० प्रतिशतले हुन् आउने ३६ करोड बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । यो सबै योजना सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved