एनआईसीको खुलामुखी योजनाको लाभांश वितरणको लागि बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 10:01:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश वितरणको लागि बुक क्लोज मिति तय भएको छ  । क्यापिटलले आफ्नो खुलामुखी योजना एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि बुक क्लोज मिति तोकेको हो । 

क्यापिटलले एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  साउन २७ गतेसम्म कायम इकाईधनीले  एनआईसी एसिया डेप्थ फण्डको लाभांश पाउँन सक्ने छन्  ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा क्यापिटलले गरिसकेको छ ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुले भने ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल पाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved