हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनीले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 10:57:54 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनी Radhi Bidyut Company ले बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । 

कम्पनीले १:१.४७५२ को अनुपातमा १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  यस हिसाबमा कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । 

कम्पनीको साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको साधारणसभाले ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ।  बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै तिर्नु पर्ने कम्पनीले जनाएको छ  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved