आइतबार १४ अर्ब बढीको शेयर कारोबार: टर्नओभर, ट्रानज्याक्सन र भोल्युममा अपि पावर अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 03:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से स्थिर देखिएको छ । आज नेप्से सूचक ०.६६ अंकले बढेर ३१०८.१३ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३ सय १३ कित्ताको शेयर खरिद बिक्रिबाट १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८६ दशमलव ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जस मध्ये अपि पावरको सबै भन्दा धेरै ८१ करोड ९२ लाख, अरुण ब्यली हाइड्रोको ६० करोड ७१ लाख, तथा युनिभर्सल पावरको ५४ करोड ८१ लाख बराबरको कारोबार भएको छ । कारोबारसंगै भोल्युम र कारोबारमा पनि आज अपि पावर अगाडी रहेको छ । आज अपि पावरको सबै भन्दा धेरै १३ लाख ८८ हजार ८ सय ९१ कित्ता शेयर खरिद बिक्रि भएको छ अपि पावर कै सबै भन्दा धेरै अर्थात् ४ हजार ८ सय ४४ पटक कारोबार भएको छ ।

आज पी पावर सहित ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने २ कम्पनीको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये विकास बैंक, फाइनान्स, हाइड्रो, र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रोपावर समुह सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह सर्वाधिक १.३८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved