हकप्रद निष्काशनको लागि बरुण हाइड्रोले चयन गर्यो विक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 04:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड Barun Hydropower Company  ले निष्काशन गर्न लागेको हकप्रद शेयरको लागि बिक्रि प्रबन्धक चयन गरेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा  बरुण हाइड्रोपावर तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।

बरुण हाइड्रोको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। तर अहिलेसम्म कम्पनी हकप्रद निष्काशन गरेको छैन । 

कम्पनीले यस अघि नै हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । हाल कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved