सिनर्जी पावर बन्यो लाभांश घोषणा गर्ने पहिलो कम्पनी, हकप्रद पनि निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 10:04:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड Synergy Power Development  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै बैठकले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको २:१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ । यद्यपि कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ । यस संगै सिनर्जी आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । यस अघि सामुहिक लगानी कोषहरुले मात्र लाभांश घोषणा गरेका थिए ।

कम्पनीले अघिल्लो वर्ष ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीले दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना निर्माण सम्पन्न गरि बिद्युत उत्पादन गरिरहेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको 'मध्य होंगु खोला ए' जलबिद्युत आयोजनामा स्वपुँजीको ४० प्रतिशत शेयर लगानी पनि गरेको छ। यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved