इन्फीनीटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 10:59:19 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फीनीटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि हुने भएको छ । इन्फीनीटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि भदौ ४ देखि इन्फीनिटी लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो । 

यी २ कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिएको थियो ।   

 नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर  (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम हुने छ ।

 राष्ट्र बैंकले जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।  इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो । इन्फीनिटी लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट नवलपुरमा रहेको छ भने नेपाल एग्रोको केन्द्रिय कार्यालय पोखरामा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved