१०३ प्रतिशतले बढ्यो विजय लघुवित्तको नाफा , अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 09:01:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha  को खुद नाफा १०३.७२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ८१ लाख रहेकोमा आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा बढेर ११ करोड ८४ लाख पुगेको हो । 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७४.२५ प्रतिशतले बढेर ३८ करोड १ लाख पुगेको छ ।  समिक्षा अवधिमा कम्पनीको सापटी ६.८० प्रतिशतले बढेर २ अर्ब ९० करोड पुगेको छ भने कर्जा प्रवाह २३.८२ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड पुगेको छ ।  २६ करोड ६५ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १७ करोड ३३ लाख रहेको छ ।  

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४४.४३ रुपैयाँ, प्रति शेयर नेट वर्थ १६५.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४३ गुणा रहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved